Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई भने– विपिनको रिहाइ पहल ‘हावा गफ’ नबनोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विपिन जोशीको शीघ्र रिहाइको पहलको लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै तर उखान टुक्का जस्तो हावा गफ नहोस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइको लागि सरकार गम्भीर भएको बताउँदै शीघ्र रिहाइको पहल गरिरहेको जानकारी सामाजिक सञ्जालमा दिए लगत्तै सचेतक शाहीको यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘धन्यवाद प्रधानमन्त्री ज्यू विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो, सरकार साथमा छ भन्नु भएकोमा,’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर उखान टुक्का हाने जस्तो हावा गफ नहान्नु होला काम गर्नु होला हामी आशावादी छौं ।’