आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाको अर्थ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आज विहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज दिउसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।