आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

रास्वपाले रुपन्देही- ३ को उम्मेदवारको लागि आवेदन दिएका ९ जनासँग आज भैरहवामा छलफल गर्दै

रास्वपाले रुपन्देही- ३ को उम्मेदवारको लागि आवेदन दिएका ९ जनासँग आज भैरहवामा छलफल गर्दै

भाद्र १, २०८२ आइतवार
भाद्र १, २०८२ आइतवार
  • रास्वपाले रुपन्देही- ३ को उम्मेदवारको लागि आवेदन दिएका ९ जनासँग आज भैरहवामा छलफल गर्दै

    रुपन्देही ३ मा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी रहेको छ । यसैबीच आज नौ जना आवेदकहरूको छलफलमा आज भैरहवास्थित रामादा होटलमा हुदैछ । 

    उम्मेदवार हुन निवेदन दिनेहरूसँग प्यानलमा छलफलको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री विपिन आचार्य, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल र सांसद प्राध्यापक डाक्टर चन्दा कार्कीलगायत उपस्थित रहने भएका छन् ।

    त्यस्तै उम्मेदवारी दिएकाहरुसँग पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले वान अन वान छलफल गर्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    यस प्रक्रियाको उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारीको लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्छन भन्ने भुझ्नु रहेको प्रवक्ता झाले बताएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट