आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

भदौ २० देखि २२ गतेसम्म हुने एमालेको विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने

भदौ २० देखि २२ गतेसम्म हुने एमालेको विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने

भाद्र १, २०८२ आइतवार
भाद्र १, २०८२ आइतवार
  • भदौ २० देखि २२ गतेसम्म हुने एमालेको विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने

    नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशन देशभरबाट प्रतिनिधि र आयोजक गरी २३ सय ९२ जना सहभागी हुने भएका हुन् ।

    ०७८ मा चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि २१ सय २८ जना मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने छन् । अन्य २६४ जना भने आयोजकको रुपमा सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    उनका अनुसार प्रतिनिधिहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ । महाधिवेशनलाई भव्य बनाउन एमालेले सातदोबाटो देखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय गरेको छ ।

    गौतमका अनुसार बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार राखिने भएको हो । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट