Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

भारतका विदेश सचिव मिश्री नेपाल आउँदै, उच्च अधिकारीलाई भेट्ने

भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतबार आइपुग्ने भएका छन्।

परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्ने भएका हुन् ।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेेछन् । उनी सोमबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।