Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

एमाले केन्द्रीय परिषद् सदस्य कुवर माओवादी केन्द्रमा प्रवेश

सत्तारुढ नेकपा एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुवर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए ।

कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवर ‘विजय सुन्दर’ ले दीपेन्द्र कुवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका थिए ।