Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

अमेरिका भ्रमणमा रहेका सांसद शाहीले भने– सानै उमेरदेखि व्यावहारिक सीप सिक्नु पर्ने रहेछ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाही अहिले अमेरिका भ्रमणमा व्यस्त छन् । त्यहाँ उनले युवा प्रविधि नेताहरूसँग छलफल गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपालको सांसदको रूपमा, मैले किन्डकोड युएसएमा युवा प्रविधि नेताहरूसँग प्रेरणादायक संवाद गरेको छु । हामीले नेपाल र अमेरिका शिक्षा प्रणालीको भिन्नता र प्रविधि शिक्षाको अपार सम्भाव्यता बारे छलफल गर्‍यौं।’

उनले यो भेटलाई महत्वपूर्ण सिकाइको अनुभव बताउँदै नेपालीहरूलाई सानै उमेरदेखि व्यावहारिक सीप सिक्न सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘यो एक महत्वपूर्ण सिकाइको अनुभव रह्यो, र म यो सन्देश सम्पूर्ण नेपालीहरूलाई पुर्‍याउन चाहन्छु : शैक्षिक अध्ययनसँगै, सानै उमेरदेखि व्यावहारिक सीप सिक्न थाल्नुहोस् ।’