Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

आइतबार सार्वजनिक बिदा

आइतबार चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै भदौ १ गते आइतबार नगरपालिकाका अधिकांश वडाहरुमा श्रीकृष्ण-जात्रा मनाईने हुँदा सो दिन नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका निकाय एवं विद्यालयहरुमा अत्यावश्यक सेवा वाहेक सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

सुचनामा भनिएको छ- 'यस चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको मिति २०८२/०४/२७ गतेको बैठकको निर्णयानुसार यही मिति २०८२/०५/०१ गते चन्द्रागिरि नगरपालिकाका अधिकांश वडाहरुमा श्रीकृष्ण-जात्रा मनाईने हुँदा सो दिन नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका निकाय एवं विद्यालयहरुमा अत्यावश्यक सेवा वाहेक सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'