राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला सङ्ग्रौलाले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई तत्काल जेल पठाउन माग गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्– राजीनामा दिएर कुकर्म र अपराध पखालिन्छ ? तुरुन्तै सांसद पद बर्खास्त गर र जेलमा पठाऊ । बिग्रेको घडीको समय सकिएको छ ।
खतिवडाले मंलबार मात्रै पदबाट राजीनामा दिएका छन् । राजीनामा दिएपछि पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा नदिनु भने पनि आफूले दिएको बताएका खतिवडालाई तुरुन्त जेल पठाउन माग सङ्ग्रौलाले गरेकी हुन् ।
संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड प्रावधानमा विवादित बनेका खतिवडाले आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताउँदै आएका छन् ।