शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निक्षेप तथा कर्जा सुरक्षण कोषले ल्यायो लघु कर्जा अतिरिक्त सुरक्षण योजना

निक्षेप तथा कर्जा सुरक्षण कोषले ल्यायो लघु कर्जा अतिरिक्त सुरक्षण योजना

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • निक्षेप तथा कर्जा सुरक्षण कोषले ल्यायो लघु कर्जा अतिरिक्त सुरक्षण योजना

    निक्षेप तथा कर्जा सुरक्षण कोषले ऋणीको मृत्यु, अशक्ततता वा परीयोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने उदेश्यले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ प्रचलनमा ल्याएको छ। 

    भक्तपुर मा आज आयोजित एक कार्यक्रम बीच कोषले उक्त योजना सार्वजनिक गरेको हो। कार्यक्रममा 'क' 'ख' 'ग' र 'घ' वर्गका बैक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका लघु कर्जा विभागका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

    कोषले घोषणा गरेको अतिरिक्त सुरक्षण योजनाले कोषको चालू सुरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ सम्मको कर्जाको सुरक्षण गर्नेछ। योजनाले ऋणी तथा निजको पति पत्नीको मृत्यु, स्थायी अपाङ्गता वा परियोजनाको नष्ट हुँदा बाँकी कर्जाको शत प्रतिशत दाबी भुक्तानी दिने व्यवस्था गरेको छ।

    योजनाको सदस्यता प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाले नियमित सुरक्षण शुल्कमा ०.१५ प्रतिशत थप सुरक्षण शुल्क तिर्नु पर्नेछ।सुरक्षण योजनाको व्यवस्थाले लघु, साना तथा मझौला उद्यम व्यवसायका लागि प्रवाहित संस्थागत कर्जा शत प्रतिशत सुरक्षित भई कर्जाको सुरक्षणका लागि चल अचल सम्पत्तीको धितो लगायत अन्य सुरक्षण व्यवस्था गरिरहनु पर्ने झन्झट बैंक तथा वित्तीय संस्थाले लिनु नपर्ने अपेक्षा कोषले लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट