Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

एनआईसी एशियाका ग्राहकलाई लेट मेइनका विभिन्न सेवा र कोरियन प्रोडक्टमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

यस सम्झौतापछि यस बैंकका ग्राहकले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु हेयर ट्रान्सप्लान्ट, फेसियल, एन्टि-एजिङ ट्रीटमेन्ट, स्कार ट्रीटमेन्ट, एक्ने ट्रीटमेन्ट र हाइपरबेरिक अक्सिजन थेरापीमा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

लेट मेइनसँगको यस सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।