शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १३ गते सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका मनिष थापा तथा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ई.मिलनमान मास्केलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    साथै सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा विशेष बढुवा हुनुभएका ईश्वरी बहादुर पुन, चाम नारायण महतो र रित बहादुर बस्नेतलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    गृह मन्त्रीस्तरको साउन १२ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षक र प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।

    महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुको साथै संगठनप्रतिको कर्तव्य परायणता र समपर्ण भाव र योगदान तथा आत्म विश्वासको उच्च मुल्यांकन गर्दै बढुवा गरिएको बतादै पदीय जिम्मेवारीमा उत्तरदायी भई पूर्ण व्यवसायिकताका साथ कार्यक्षेत्रमा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिए ।

    उनले लैङ्गिक हिंसामा शुन्य सहनशिलता, आर्थिक अनुशासन, मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा हरहमेशा कटिबद्ध भई पूर्ण व्यावसायिकतासाथ लाग्नुपर्ने उल्लेख गदै आपसी भाईचारा, बन्धुत्व, सद्भाव एवं सहयोगी भावनाकासाथ संगठनप्रति निष्ठावान हुँदै अनुशासित र ईमान्दारितापूर्वक आफ्ना कामकारवाही अगाडी बढाउनुपर्ने बताए ।

    महानिरीक्षक अर्यालले लामो समयसम्म संगठनमा आवद्ध भई संगठनलाई पुर्‍याएको योगदान प्रशंसा गर्दै अवकाश पूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको अवकाश पश्चातको जीवन सुखमय रहोस भनी शुभकामना समेत व्यक्त गरे ।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार