शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नारायणी नदीको पुलबाट हामफालेर महिला र किशोर बेपत्ता

नारायणी नदीको पुलबाट हामफालेर महिला र किशोर बेपत्ता

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • नारायणी नदीको पुलबाट हामफालेर महिला र किशोर बेपत्ता

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हाम फालेर दुई जना बेपत्ता भएका छन् ।

    एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हाम फालेर बेपत्ता भएकी छन् ।

    ‘साँझ पुलबाट हाम फालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ,’ उनले भने, ‘बिहान हाम फालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।’

    बिहान पुलबाट हाम फाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ भएको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार