Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पोखराको गगनगौंडामा भेटिए सिन्धुलीका १६ जना

सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडामा भेटिएका छन्। बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार, सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन्। ‘दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,’ उनले भने । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने काम भइरहेको उनले बताए।

उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए। उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ भण्डास बिप्परका उर्मिला हायुसँगै बेपत्ता १६ जनालाई खोज्न प्रहरीले सबै संयन्त्र प्रयोग गरेको थियो।

तीन दिनदेखि उर्मिला  हायूसँगै उनका ६ जना छोरी, ६ जना छोरा, १ बुहारी, १ नातिनी र १ ज्वाइँ बेपत्ता थिए। सोमबार दिउँसो १२स्३० बजे १६ जना बेपत्ता भएको खबरपछि प्रहरी भण्डास बिप्परमा परिचालन भएको थियो। उर्मिलाका श्रीमान् छैनन्। हायु जाति लोपोन्मुख समुदायमा पर्छ। शुक्रबार वडा कार्यालयबाट उनीहरूले भत्ता बुझेका थिए।

१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
४) वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजता हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की सान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०)वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) वर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाती)
१६) वर्ष ४ की रियासा हायु ( नातिनी)