शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अख्तियारको बेरुजु शून्य

अख्तियारको बेरुजु शून्य

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • अख्तियारको बेरुजु शून्य

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ । हरेक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो ।

    आज (सोमबार) सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनैपनि नरहेको जानकारी दिएका हुन् ।

    उनले कानुनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनै पनि बेरुजु नरहने उनको भनाइ छ । ‘कानूनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो । इमान्दारीतापूर्वक कानूनको परिपालना गरौं । बेरुजु रहन्न । निकायहरुमा अहिले धेरै बेरुजु देखिने गरेको छ,’ उनले भने, ‘सबै बेरुजु भ्रष्टाचार नभए पनि बेरुजु एक भ्रष्टाचारको सुरुआत हो । कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन्। अख्तियार समेत आकर्षित हुने गरेको छ ।’

    उनकाअनुसार बेरुजु फर्छोट गर्न कानुनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो । कमजोर कारबाही प्रणाली, बेरुजु फछ्योट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फछ्योट समस्या पारेको उनको भनाइ छ । सचिव दुवाडीकाअनुसार औचित्य पुष्टि नहुने गरी अनेक शीर्षकमा बजेटमा राखिने भएकाले पनि बेरुजु बढेको हो । बेरुजु फछ्योट शासकीय इस्यु भएकाले पनि शून्य बेरुजु कायम गर्नेगरी अघि बढ्नुपर्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार