Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गोसाइँकुण्डमा बेपत्ता दाजुभाइको शव भेटियो

रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन्। गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए।

उनीहरू दाजुभाइ (मामा–फुपुका छोराहरू) रहेको खुलेको छ । सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ। मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको मृतकका दाजु विवेक मिश्रले जानकारी दिए।

उनका अनुसार मनोज काठमाडौं बस्दै आएका थिए । विराटनगरस्थित घरमा बस्दै आएका सुजन केही दिनअघि काठमाडौं गएका थिए । काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए।

आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका थिए । एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए। उद्धार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए।