शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँः कुलमान घिसिङ

नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँः कुलमान घिसिङ

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँः कुलमान घिसिङ

    नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् । अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानीत गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानीत गरेको हो ।

    अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म  लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे । “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु¥यायौं । अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ ।प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं ।   व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ,“ उनले भने ।  एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ’उज्यालो नेपाल’ अभियान सुरु गरेको उनले बताए ।

    “सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र नेपालीहरुको निराशालाई आशामा बदल्नको लागि उज्यालो नेपाल अभियान लिएर अगाडी बढेको हुँ । तपाईं सबैको साथको लागि अनुरोध गर्छु,“ घिसिङले भने । “आगामी दिनमा तपाईंहरुले गरेको यो सम्मान मेरो आत्मबलको श्रोत हुने छ ।“ उक्त कार्यक्रममा घिसिङसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद  ज्ञानेन्द्र शाहीलाई  पनि ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले स्वर्ग जस्तो देश,  विविधता भित्र एकताको देश नेपाल आज विश्वको गरीबतम मुलुकको रुपमा चिनिएको तर यो स्थितिबाट मुलुकलाई माथि उठाउनु पर्ने बताए । “तपाईंहरुको सीप र क्षमतालाई शक्तिमा बदल्नु छ ।  एक पटक नेपाल पÞmर्किउँ, नेपाल फर्कने वातावरण हामी बनाउँछौं,“ उनले भने । उनले कुलमान घिसिङ एक कुशल प्रबन्धक मात्र नभएर उज्यालो नेपालका नायक पनि हुन् भन्दै नेपालमा हरेक क्षेत्रमा त्यस्ता नायक चाहिएको बताए । सांसद शाहीले  वंशजको नागरिकता खारेज गर्न पाईदैन भन्दै एक पटक देश बनाउन आत्मा साक्षी राखेर अगाडी बढ्न पनि आह्वान गरे ।  “मैले पनि राजनीतिमा प्रवेश गर्छु भनेर सोचेको थिइन ।  तर  पोखरीमा  फोहर छ भनेर डिलमा बसेर हेर्ने होइन, पोखरी सफा गर्न त्यहाँ भित्र छिर्नै पर्छ,“ उनले भने ।

    कार्यक्रमलाई सम्बोधन गर्दै चर्चित गायिका आनी छोइंग ड्रोल्माले यो संस्थाले देश विदेश जहाँ रहे पनि आफ्नो देश र समाजको उन्नतिको लागि योगदान गर्ने नेपालीहरुलाई सम्मान गरेर हौसला बढाएको बताइन् ।  उनले नेपालको उन्नतिमा हातेमालो गर्न सबैलाई आग्रह गरिन् । कार्यक्रममा खेलकुद, संगीत, व्यवसाय लगायत विभिन्न क्षेत्रमा योगदान पुरा¥याउने गैर आवासीय तथा नेपाली अगुवाहरुलाई सम्मान गरिएको छ । राजनीति, धर्म, जाति वा वर्ग भन्दा माथि उठेर संसारभरि रहेका नेपालीहरुलाई एकजुट गर्ने उद्देश्यले ’हाम्रो नेपाली  ग्लोबल’ स्थापना गरिएको उक्त संस्थाले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट