शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारीको घोषणा

टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारीको घोषणा

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारीको घोषणा

    हिमाल मिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ, जसले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडिया विज्ञ र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउने भएको छ।

    यस वर्षको मेलामा समाचार र स्टोरी टेलिंगको बदलिँदो संसारबारे छलफल गरिने हिमाल मिडियाले जनाएको छ।  जसमा पत्रकारिता, मोबाइल भिडियो र डिजिटल सामग्रीको भविष्यबारे गहन संवाद, कार्यशाला र मास्टर क्लासहरू समावेश हुनेछन्।

    यस पटकको हिमाल मिडिया मेलामा ‘पावर्ड बाई’ साझेदारको रूपमा टिकटक पहिलो पटक सहभागी हुने भएको छ। यस साझेदारीले मोबाइल-फर्स्ट सामग्री निर्माण र कथावाचनको संसारमा डिजिटल प्लेटफर्महरूको बढ्दो महत्त्वलाई अझ अघि बढाउने अवसर दिनेछ।

    टिकटकले मोबाइल पत्रकारिता र भिडियो कथा वाचनबारे विशेष सत्र सञ्चालन गर्नेछ, जसले पेशेवर मिडियाकर्मीहरूलाई डिजिटल-फर्स्ट दर्शकहरूको लागि उपयुक्त हुने सामग्री निर्माणबारे जानकारी दिनेछ। यस साझेदारीले छोटो-रुपका भिडियोहरूको बढ्दो प्रभाव र पहुँचलाई कसरी मिडियाले उपयोग गर्न सक्छ भन्नेबारे गहन छलफलको अवसर पनि दिनेछ।

    “हिमाल मिडियासँगको सहकार्य मार्फत नेपालमा कथा वाचनको भविष्यलाई सघाउन पाउँदा हामी उत्साहित छौं। टिकटक मिडियालाई विविध प्रकारका दर्शकहरूसँग सिर्जनात्मक र अर्थपूर्ण तरिकाले जोड्न सक्षम बनाउने कुरामा विश्वास गर्दछ,” टिकटकका प्रवक्ताले भने।

    कार्यक्रमको सुरुवात हिमाल मिडियाका प्रकाशक कुन्द दीक्षित गरर्नेछन्। त्यसपछि मनीषा पाण्डेको की-नोट भाषण र रोमन गौतमसँगको संवाद हुनेछ। मुख्य सत्रहरूमा अनुप काफ्लेले डिजिटल कथा वाचनबारे आफ्नो विचार साझा गर्नेछन्, टिकटक टिमद्वारा मोबाइल पत्रकारितामा मास्टरक्लास र भी-चित्रका स्वरुप न्हसिजुद्वारा आधारभूत भिडियो निर्माण कार्यशाला प्रस्तुत हुनेछ। अन्तमा, पत्रकारिताको भविष्यबारे सन्दीप नारवाणी र कुन्द दीक्षितबीचको छलफलसँगै कार्यक्रमको समापन हुने जनाइएको छ।   

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार