ललितपुरको सन्तनेश्वर महादेव क्षेत्र नजिक अवस्थित सन्तनेश्वर झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो ।
विशेषगरी वर्षायाममा झरनाको बहाव बढ्दा यसको मनमोहक दृश्यले आन्तरिक पर्यटक तथा प्रकृतिप्रेमीलाई लोभ्याउने गर्छ।
हरियाली वातावरण, शीतल पानी र शान्त परिवेशका कारण यो छोटो भ्रमणका लागि उपयुक्त स्थल मानिन्छ।