शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बैठकमा ‘नोट अफ डिसेन्ट’ राख्ने स्थिति नै बनेन: ईश्वर पोखरेल

बैठकमा ‘नोट अफ डिसेन्ट’ राख्ने स्थिति नै बनेन: ईश्वर पोखरेल

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • बैठकमा ‘नोट अफ डिसेन्ट’ राख्ने स्थिति नै बनेन: ईश्वर पोखरेल

    नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुधबारको केन्द्रीय कमिटी बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्ने स्थिति नै नबनेको बताएका छन् ।

    बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा पोखरेलले भनेका छन्, ‘उहाँ (अध्यक्ष केपी शर्मा ओली) ले कुरा राखिसकेपछि कति साथीले प्रश्न उठाउँदै हुनुहुन्थ्यो। प्रश्न उठाउँदै गर्दा ‘नोट अफ डिसेन्ट त त्यहाँ राख्ने स्थिति नै बनेन।‍’

    त्यसको मतलब के उनलाई ‘नोट अफ डिसेन्टु लेख्न मन थियो ?’ बीबीसीको यो प्रश्नमा उनले भनेका छन्, ‘म त यो विषयमा खुला रूपमा बोल्दै आएको हुँ। त्यो त मर्यादित तरिकाले राख्ने न हो। अहिले पनि म आफ्नो धारणा माइन्यूटमा दर्ता गर्नको लागि पठाउन सक्छु नि।’

    पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता राति वेबसाइटबाट हटाइएको बताए । उनले भने, ‘२०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४१ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु ।’

    पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने भनेर केन्द्रीय कमिटीमा निर्णय सुनाइए पनि सधैंका लागि टुंगो नलागेको उनले बताए ।

    ‘सदस्यताको विषय छलफल क्लोज भएको भन्ने मलाई लाग्दैन, एकपल्ट केन्द्रीय कमिटीमा त्यसरी सुनाइसकेपछि सधैंका लागि क्लोज भएन,’ उनले भने, ‘पार्टीभित्र निम्त्याइएको बहस, विवाद जस्तो लाग्छ । सरसल्लाहले पार्टी अध्यक्षले छलफल गरेर टुंगो होला भन्ने लागेको थियो । सल्लाह र समझदारीले टुंग्याउने कुरा थियो, तेजोबध गर्ने कुरा थिएन ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट