Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गोरखा ब्रुअरी र पठाओको सहकार्यमा ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु

गोरखा ब्रुअरी प्रालिले नेपालको राइड-हेलिङ प्लेटफर्म पठाओसँग सहकार्य गर्दै ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ। 

यो पहल गोरखा ब्रुअरीको वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ईएसजी) सम्बन्धी प्रतिबद्धताको हिस्सा रहेको र यसले दिगोपन अभियान ‘टुगेदर टुवार्डस जेरो एन्ड बियोन्ड’ अन्तर्गत जेरो इरेस्पनसिबल ड्रिंकिङ लक्ष्यलाई समर्थन गर्ने कम्पनीले जनाएको छ।

अभियानमार्फत सामाजिक जमघट- विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपान पछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवाको उपयोग गर्न प्रेरित गरिनेछ। यसले ‘ड्रिंक एन्ड ड्राइभ’ विरुद्ध सचेतना फैलाउँदै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

गोरखा ब्रुअरीका बजार निर्देशक रोजन अमात्यले यो अभियान केवल सन्देश मात्र नभई चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास भएको बताए। 

अभियानको प्रारम्भिक चरण काठमाडौं उपत्यकामा सञ्चालन हुनेछ। पठाओको डेटा–आधारित संचार संयन्त्र मार्फत सामाजिक तथा मनोरञ्जन क्षेत्रहरूमा लक्षित सन्देश प्रवाह गरिनेछ, जसले प्रभावकारी रूपमा जिम्मेवार मद्यपानबारे सचेतना फैलाउने अपेक्षा गरिएको छ।

नेपालमा ब्रुअरी कम्पनी र राइड–हेलिङ प्लेटफर्मबीच जिम्मेवार मद्यपान प्रवर्द्धनका लागि यस किसिमको सहकार्य पहिलो हो। यसले उद्देश्य–केन्द्रित सहकार्य मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने सम्भावना उजागर गरेको छ।

गोरखा ब्रुअरी र पठाओले दिगोपनका प्रतिबद्धतालाई व्यावहारिक कार्यद्वारा रूपान्तरण गर्दै, सकारात्मक परिवर्तन सचेत निर्णय र सामूहिक प्रयासबाट सुरु हुने स्पष्ट सन्देश दिएका छन्।