शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सांसद सिंहको व्यङग्य : विधानमै आजीवन अध्यक्ष हुने कानुनी हक सुनिश्चित गरौं

सांसद सिंहको व्यङग्य : विधानमै आजीवन अध्यक्ष हुने कानुनी हक सुनिश्चित गरौं

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • सांसद सिंहको व्यङग्य : विधानमै आजीवन अध्यक्ष हुने कानुनी हक सुनिश्चित गरौं

    प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पद नछोड्ने प्रवृत्तिप्रति व्यङग्यसहित कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले नेताहरूको जीवनमा उल्लेख्य परिवर्तन आए पनि देशको अवस्थामा खासै सुधार नभएको टिप्पणी गरेका छन् ।

    सिंहको यो बयान नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हद लागु गर्दा आफूले जेल बसेको १४ वर्ष घटाउनु पर्ने तर्क गरेपछि आएको हो ।

    उनले व्यङ्ग्यात्मक रूपमा भनेका छन्, ‘सबै पार्टीका शीर्ष नेताहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नछोड्ने देखियो । उहाँसहितको जीवनमा गजबको परिवर्तन आए पनि देशको अवस्थामा खास्सै परिवर्तन आएको छैन । देशको अवस्था यस्तो हुँदा पनि भक्तजनको भक्तिभाव भने नयाँ उचाइमा छ । त्यो भन्दा विधानमै एक पटक अध्यक्ष भएपछि आजीवन अध्यक्ष हुन पाइने कानुनी हक सुनिश्चित गरे राम्रो होला !’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार