शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजेन्द्र लिङ्देनले बर्खास्त गरेका गिरी पुगे निर्वाचन आयोग

राजेन्द्र लिङ्देनले बर्खास्त गरेका गिरी पुगे निर्वाचन आयोग

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • राजेन्द्र लिङ्देनले बर्खास्त गरेका गिरी पुगे निर्वाचन आयोग

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्षबाट बर्खास्त गरेका मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् । आफूलाई हटाउने राप्रपाको निर्णय विधानविपरीत रहेको भन्दै गिरीले आज (आइतबार) आयोगमा उजुरीका लागि पुगेका हुन् ।

    प्रवक्ताबाट कारबाही गरिएका सगुन लावतीसँगै गिरी आयोग पुगेका हुन् । अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार उपाध्यक्षबाट हटाएका थिए । यसअघि अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदी गत साता निर्वाचन आयोग पुगेका थिए ।

    पछिल्लो समय राप्रपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । महामन्त्री धवलशमशेर राणा पक्षले अध्यक्ष लिङ्देनले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै आएको छ । निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट