शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धरहराको गुगल म्यापम नाम परिवर्तन, धरहरा खोज्दा सेतो टावर!

धरहराको गुगल म्यापम नाम परिवर्तन, धरहरा खोज्दा सेतो टावर!

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • धरहराको गुगल म्यापम नाम परिवर्तन, धरहरा खोज्दा सेतो टावर!

    धरहराको गुगल म्यापमा नाम परिवर्तन भएको छ । अहिले गुगल सर्च वा गुगल म्यापमा धरहरा टाइप गर्दा लोकेसनमा सेतो टावर लेखिएको देख्न सकिन्छ ।

    आइतबार बिहानदेखि म्यापमा परिवर्तित नाम देख्न सुरु भएको हो । यो कसले र किन गरियो भन्ने विषयमा खुल्न सकेको छैन । अहिले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले धरहराको मौलिक नाम हराएको विषयलाई लिएर विभिन्न पोस्टहरू गरिरहेका छन् । यो पहिलो पटक भएको भने होइन । यो भन्दा अगाडि पनि यस्ता लोकेसनको नाम परिवर्तन गर्ने, व्यक्तिको नाम परिवर्तन गर्ने गतिविधि हुँदै आएको छ । गुगल म्यापमा लोकेसनको नाम परिवर्तन वा सम्पादन जोकोहीले पनि गर्न पाउँछन् ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफू निर्वाचित हुनु अघि देखिनै धरहरालाई सेतो टावर नाम दिदै आएका थिए । उनले दिएको उक्त नाम नै अहिले गुगल म्यापमा देखिएको हो ।

    धरहराको निर्माण वि.सं. १८८२ सालमा भएको थियो । भीमसेन थापा प्रधानमन्त्री भएका बेलामा निर्माण गरिएकाले धरहरालाई ‘भीमसेन स्तम्भ’ पनि भनिन्छ। वि.सं.२०७२ सालको बिनासकारी महाभुकम्पमा परेर ढलेको थियो।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार