Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० नेपालीलाई आममाफी दिएको छ ।

विभिन्न कसुरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिएको यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले जनाएको छ ।  ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

"ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा यूएईको जेलमा रहेका १२० नेपालीहरूलाई बाँकी सजाय मिनाहा गरी आममाफी गरेकोमा नेपाली राजदूतावास, आवुधावी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ," राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

kk.jpg