Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिराटनगर किंग्स र हायात सेन्ट्रिक सोल्टीमोडबीच पुनः सहकार्य, प्रिमियम हस्पिटालिटीका लागि सम्झौता

नेपाल प्रिमियर लिग अन्तर्गतको प्रतिष्ठित क्रिकेट फ्रेन्चाइज बिराटनगर किंग्सले आगामी सिजनका लागि हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँलाई पुनः आफ्नो आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा घोषणा गरेको छ।

गत वर्षको सफल सहकार्यपछिको यो पुनः साझेदारीलाई टिमले अत्यन्त उत्साहपूर्वक स्वागत गरेको छ। बिराटनगर किंग्सको व्यवस्थापनका अनुसार, "हामी हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग पुनः सहकार्य गर्न पाउँदा खुशी छौं। उनीहरूको आतिथ्यता, पेसागत सेवा र समर्पण प्रशंसनीय थियो। यसले टिमको मनोबल उच्च बनाएको थियो र हामी यो सिजनमा पनि उत्कृष्ट अनुभवको अपेक्षा राख्छौं।"

राजधानीको मुटुमा अवस्थित हायात सेन्ट्रिक सोल्टीमोड आफ्नो विश्वस्तरीय सेवा, आधुनिक सुविधाहरू र नेपाली संस्कृतिको सुन्दर समायोजनका लागि परिचित छ। यस होटलसँगको सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रबीचको सामञ्जस्य र उच्च स्तरको सेवा अनुभव गराउने विश्वास लिइएको छ।

सहकार्यअन्तर्गत बिराटनगर किंग्सका खेलाडी, अफिसियल तथा प्रमुख पाहुनाहरूले प्रतियोगिता अवधिभर होटलको प्रिमियम हस्पिटालिटी सेवाको लाभ उठाउन पाउनेछन्। मैदानबाहिरको व्यवस्थापन सहज र सन्तुलित बनाउन यसले उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस साझेदारीले बिराटनगर किंग्सको मैदानभित्र मात्र होइन, मैदानबाहिरको अनुभवसमेत समृद्ध बनाउने उद्देश्य राखेको छ। टिमले उत्कृष्टता प्राप्त गर्न सदैव प्रयत्नरत रहेको र यो सहकार्य सोही दिशातर्फको थप महत्वपूर्ण कदम भएको बताइएको छ।

बिराटनगर किंग्स, नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। टिमले स्थानिय प्रतिभाको विकास, खेल भावना प्रवर्द्धन तथा समुदायसँगको सम्बन्ध सुदृढ गर्ने लक्ष्य लिएको छ।