शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौँमा मोटरसाइकल र स्कुटर ठोकिँदा युवकको मृत्यु

काठमाडौँमा मोटरसाइकल र स्कुटर ठोकिँदा युवकको मृत्यु

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • काठमाडौँमा मोटरसाइकल र स्कुटर ठोकिँदा युवकको मृत्यु

    काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    आज बिहान करिब पौने चार बजे चन्द्रागिरि–१५ तीनथानास्थित मुख्य सडकमा दुई सवारी साधन ठोकिँदा मोटरसाइकल चालक चन्द्रागिरि–४ थानकोट निवासी करिब ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरका चालक धादिङको खानीखोला घर भएका ३२ वर्षीय विष्णु श्रेष्ठ र स्कुटरको पछाडि सवार धादिङकै धुनिवेशी–९ घर भएका २५ वर्षीय विवेक केसी घाइते भएका छन् ।

    उनीहरुको कलंकीस्थित सहिद मेमोरिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा.८५ प ४८२२ नम्बरको ढकाल सवार मोटरसाइकल सुरुमा आफै अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियो । त्यसले पछि विपरित दिशातिर जाँदै गरेको बाप्र ०२ ०४२ प ९८२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ढकाललाई उपचारको लागि कलंकीस्थित सहिद मेमोरिल अस्पतालमा पुर्‍याउँदा चिकित्कसले मृत घोषणा गरेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट