शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कान्ति लोकपथ १४ घण्टापछि सञ्चालनमा

कान्ति लोकपथ १४ घण्टापछि सञ्चालनमा

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • कान्ति लोकपथ १४ घण्टापछि सञ्चालनमा

    कान्ति लोकपथ १४ घण्टापछि सञ्चालनमा आएको छ । सडकको भित्ता तासेर र तल्लो भागमा जग उठाएपश्चात बिहीबार अपराह्न ३ बजेदेखि कान्ति लोकपथ सञ्चालनमा आएको हो । वर्षाका कारणले सडक नै बगेकाले कान्ति लोक पथ बिहीबार बिहान एक बजेदेखि नै अवरुद्ध भएको थियो ।

    ‘डोजर र एक्स्काभेटर लगाएर १४ घण्टापछि कान्ति लोकपथ सञ्चालनमा ल्याइएको छ,’ इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक विद्यासागर मेहताले भने, ‘बिहीबार एक बजे बिहानदेखि अवरुद्ध भएको कान्ति लोकपथ अपराह्न ३ बजेपछि सञ्चालन आएको हो ।’

    बुधबार राति परेको अविरल वर्षाका कारणले कान्ति लोकपथस्थित ठिंगन–बागमती खोलाको सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका–८ वगुवामा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । सडकको भाग नै नै पहिरो गएर सडक साँघुरो बनेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार