Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काठमाडौं बौद्धमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । मृतकको नाम खुलिसकेको छैन ।

मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए । उनका अनुसार, घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।