शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, एकको उद्धार

बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, एकको उद्धार

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, एकको उद्धार

    रौतहटको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । अर्का एक बालकको भने सकुशल उद्धार गरिएको छ । बिहीबार दिउँसो २ बजेतिर घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका हुन् ।

    सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सरोज डल्लाकोटीले जानकारी दिए ।

    दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेका थिए । एक जना बेपत्ता भए पनि स्थानीयले तत्कालै सशस्त्र प्रहरी बोलाउँदा उद्धार गरिएको थियो । उद्धार गरिएका बालक नदीको बीचमा फसेर उद्धार कुरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

    ती बालक नै बगेको भनेर भाइरल भइरहेको भिडियो असत्य रहेको प्रहरीले दाबी गरेको छ । बेपत्ता बालक सुधीरको खोजी कार्य गरिरहेको सूचना अधिकारी डल्लाकोटीले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट