शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अरनिको राजमार्गमा पहिरो, तातोपानी क्षेत्रमै रोकिए गाडीहरु

अरनिको राजमार्गमा पहिरो, तातोपानी क्षेत्रमै रोकिए गाडीहरु

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • अरनिको राजमार्गमा पहिरो, तातोपानी क्षेत्रमै रोकिए गाडीहरु

    नेपाल–चीन जोड्ने मुख्य नाका तातोपानी पुग्ने सडक पहिरोको कारण पूर्णरूपमा अवरुद्ध भएको छ । कोदारीस्थित अनरनिको राजमार्गको इकु भन्ने स्थानमा आज बिहान आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

    माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोशीले सडक कटान गरेपछि सडक सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ । सडक विभाग र प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सम्भव भएको छैन । रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट व्यापार सहज हुने नाका सम्बद्ध व्यापारीहरुले अपेक्षा गरे पनि जीर्ण सडकको कारण पटक पटक सडक अवरुद्ध भएपछि व्यापारीहरू चिन्तित भएका छन् ।

    सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् । बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकहरुलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो ।

    केरुङ नाका अबरुद्ध भएको कारण सिन्धुपाल्चोकको कोदारी हुँदै १२६ जना पर्यटक नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार १२६ पर्यटक मध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्फत काठमाडौंतर्फ पठाइएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार