Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सुदुरपश्चिमका चार जिल्लाका साना नदीको बहाव बढ्ने, सतर्क रहन आग्रह

सुदुरपश्चिमका चार जिल्लाका साना नदीको बहाव बढ्ने र आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ । 

बाढी पूर्वानुमान महाशाखाले आज सुदुरपश्चिम प्रदेशका चार जिल्ला डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको बताएको छ ।

महाशाखाले स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावनाको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान रहेकोले सतर्त्कता अपनाउन आग्रह गरेको छ ।