शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

को हुन् त्रिविको उपकुलपतिमा नियुक्त भएका डा. दीपक अर्याल?

को हुन् त्रिविको उपकुलपतिमा नियुक्त भएका डा. दीपक अर्याल?

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • को हुन् त्रिविको उपकुलपतिमा नियुक्त भएका डा. दीपक अर्याल?

    प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नव नियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले शपथ लिएका हुन् ।

    कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई आज नियुक्त गरेका थिए । ३० वर्षदेखि त्रिविको जल तथा मौसम केन्द्रीय विभागमा कार्यरत प्राडा दीपक अर्यालले उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।

    शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले प्राडा दीपक अर्याल, प्राडा खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीमध्ये अर्याललाई कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गरेका हुन् ।

    त्रिविमा गत चैत १५ गतेदेखि उपकुलपति पद रिक्त थियो । उपकुलपति प्राडा केशरजंग बरालले दिएको राजीनामा चैत २८ गते स्वीकृत भएपछि चैत ३१ गते विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए । २०५२ सालदेखि त्रिभुवन विश्वविद्यालय प्रवेश गरेका दीपक अर्याल वरिष्ठ साहित्यकार स्व. भैरव अर्यालका जेठा छोरा हुन् ।

    आईएस्सी अमृत साइन्स क्याम्पसबाट गरेका अर्यालले बीएस्सी त्रिचन्द्र क्याम्पसबाट गरेका हुन् । स्नाकोत्तर तहमा मौसम विज्ञान विषयमा उनी त्रिविको गोल्ड मेडलिस्ट समेत हुन् । २०७३ सालमा उनले जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखको जिम्मेवार पाएका थिए । विभागीय प्रमुखका रूपमा उनले दुई कार्यकाल अर्थात् ८ वर्ष बिताएका थिए । २०८१ पुससम्म उनी सो पदमा थिए ।

    जापानको नागासाकी विश्वविद्यालयबाट वायुमण्डलीय विज्ञान विषयमा पनि स्नातकोत्तर गरेका छन् उनले। वायुमण्डलीय प्रक्रिया, वायु प्रदूषण, जलवायु परिवर्तन र संख्यात्मक मौसम पूर्वानुमान लगायतका विषयमा आफूले अध्ययन गरेको उनले बायोडेटामा उल्लेख गरेका छन् ।

    प्राडा अर्यालले २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञान विषयमा (पीएचडी) गरेका हुन् । उनी मौसम प्रणाली, संवहन प्रक्रिया, तथा वायुमण्डलीय प्रदूषणको गतिशीलता सम्बन्धी विज्ञ मानिन्छन् । सो विभागका सहप्राध्यापक विनोद दवाडीले उपकुलपति नियुक्त भएका अर्याल त्रिवि प्रवेशदेखि हालसम्मै जल तथा मौसम केन्द्रीय विभागमा कार्यरत रहेको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार