Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

उद्धारमा खटिएका सशस्त्रका सहायक हवल्दार घाइते, सेना हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

रसुवाका बाढीले प्रभावितको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक सहायक हवल्दार आफैं घाइते भएपछि उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट गएको टोलीमध्ये उनी खोंचमा खसेपछि घाइते भएका थिए । उनको घुँडामा चोट लागेको बताइएको छ । उनको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचार हुनेछ ।