शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रदीप परियारलाई धरौटीमा छाड्न आदेश

प्रदीप परियारलाई धरौटीमा छाड्न आदेश

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • प्रदीप परियारलाई धरौटीमा छाड्न आदेश

    काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

    भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेकोमा बुधबार परियार हाजिर भएपछि बयान र थुनछेक बहसपछि उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

    सोही मुद्दामा बुधबार नै अदालतमा हाजिर भएका काठमाडौं महानगरपालिकाका कर्मचारी बसन्त आचार्य र नमराज ढकालको बयान तथा थुनछेक बहसपछि उनीहरु दुबै जनासँग ५०–५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार