Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

श्रीमानसँग लागेको भन्दै साथी बोलाएर सामुहिक कुटपिट गर्दा युवती मृत्यु

झापामा सामहिक कुटपिटबाट एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई हाल वडा नम्बर–८ शनिश्चरे क्याम्पस नजिक बस्ने २२ वर्षीया गंगा राई छन् । आफ्ना श्रीमान गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गरी सामहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति ११ः३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुन्दासलाई बोलाएर गंगामाथि कुटपिट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपछित थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा आज बिहान १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

प्रहरीले कुटपिट घटनामा संलग्न पाँच जना महिला र सुस्मिताका श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।