शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

टोखामा माइक्रोले ठक्कर दिँदा पठाओ चालक युवकको मृत्यु

टोखामा माइक्रोले ठक्कर दिँदा पठाओ चालक युवकको मृत्यु

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • टोखामा माइक्रोले ठक्कर दिँदा पठाओ चालक युवकको मृत्यु

    काठमाडौंको टोखामा ईभी गाडीले ठक्कर दिँदा एक पठाओ चालक युवकको मृत्यु भएको छ । टोखा नगरपालिका– ६ ग्राण्डी सडक खण्डमा मंगलबार दिउँसो बा.प्र–०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भइ हाल भक्तपुरको थलीमा बस्दै आएका २४ वर्षीय सोनाम योञ्जन छन् । उनको शव हाल ग्राण्डी अस्पतालमा राखिएको छ । दुर्घटनामा गम्भीर घाइते योञ्जनको उपचारका क्रममा ग्राण्डी अस्पताल टोखामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तर, मृतकका बुवा राजकुमार योञ्जनले भने घटना शंकास्पद देखिएको बताएका छन् । आफ्नै लेनमा रहेको स्कुटरलाई अगाडिबाट आएको माइक्रोले ठक्कर दिँदा छोराको मृत्यु भएको उनले बताए । घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै पीडित पक्षले शव बुझन् मानेका छैनन् ।

    मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका सोनामले एक वर्षदेखि काठमाडौँमा पठाओ चलाउँदै आएका थिए । फुर्सदको बेला उनी मार्केटिङ पनि गर्थे । ‘आफ्नै देशमा केही गर्छु भनेर स्वदेश फर्किएको थियो,’ मृतक युवकका बुवा राजकुमारले भने, ‘उसको मृत्यु हुँदा नौ महिनाको नाती टुहोरो भयो, हामीले छोरा गुमायौं ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट