शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

समिक्षाको आपत्तिपछि महेश बस्नेतले माफी माग्दै सच्याए आफ्नो पोस्ट

समिक्षाको आपत्तिपछि महेश बस्नेतले माफी माग्दै सच्याए आफ्नो पोस्ट

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • समिक्षाको आपत्तिपछि महेश बस्नेतले माफी माग्दै सच्याए आफ्नो पोस्ट

    गायिका समिक्षा अधिकारीले महेश बस्नेतले सामाजिक सञ्जालमा आफुमाथि गरेको टिप्पणीप्रति आपत्ति जनाउदै विक्षिप्त बनेको बताएकी छन् ।

    समिक्षाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै फेसबुकमा तपाइँले लेखेको 'सहासी छोरीहरु'को पोष्टले हौसला दियो र केही मात्रामा राहत मिलेपनि त्यसको मसि सुक्न नपाउदै तपाईका विश्वास पात्र महेश बस्नेतले मेरो चरित्र हत्या हुने गरि लेखेको विषयले आफु विक्षिप्त बनेको उल्लेख गरेकी छन् ।

    समिक्षाले भनेकी छन्- सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो, तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु । जनताको अदालत भन्दा ठुलो अरु केहि छैन । जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस् ।  बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो...?

    समिक्षाको स्ट्याटसपछि महेश बस्नेतले माफी माग्दै आफ्नो पोस्ट सच्याएको बताएका छन् । बस्नेतले भनेका छन्- आजको मेरो स्टाटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हुँ। सोही बिषय लेख्दा केही सन्दर्भहरू जोडिएका थिए ।कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले बिल्कुल होइन । कतिपय पुराना पीडालाई कोट्याउने मनसाय पनि थिएन । तर समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै, यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको भए म त्यसप्रति क्षमाप्रार्थी हुँदै बहिनीको भावना बुजेर मैले स्टाटसलाई केही संशोधन गरेको छु । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार