Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन् । 

बैंकको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा भण्डारीलाई नियुक्त गरेको हो । 

यसअघि भण्डारीले नेपाल एसबिआई बैंकको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारीमा थिए । 

बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका उनी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् ।

नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्ता पूँजी रु २० करोड रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाह प्रदान गर्दै आइरहेको छ ।