शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौँ महानगरले ल्याउन सकेन बजेट, के व्यवस्था छ कानुनमा?

काठमाडौँ महानगरले ल्याउन सकेन बजेट, के व्यवस्था छ कानुनमा?

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • काठमाडौँ महानगरले ल्याउन सकेन बजेट, के व्यवस्था छ कानुनमा?

    काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट ल्याउन नसकेपछि मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको कार्य क्षमतामा प्रश्न उठेको छ । 

    देशभरका अधिकांश पालिकाहरुले आज असार १० गते बजेट ल्याउँदा देशको सबैभन्दा ठूलो महानगरले बजेट ल्याउन नसकेकोमा आलोचना भएको छ ।

    काठमाडौंका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादका करण आज बजेट आउन नसकेको हो ।

    अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ मा असार १० गते भित्र स्थानीय तहले आगामी आर्थिक बर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । ऐनको परिच्छेद ७ मा यस्तो व्यवस्था गरिएको छ ।

    यस ऐनले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार