शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमित महिलाको मृत्यु

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • कोरोना संक्रमित महिलाको मृत्यु

    मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पताल भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।

    मृतक महिलाको ठेगाना इलामको सूर्याेदय नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए । उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मृतक महिलालाई सात दिन अघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

    परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिए । कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् ।

    प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट