Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पोखरीमा ट्याक्टर खस्दा दुई महिलाको मृत्यु

कपिलवस्तु नगरपालिका–८, पश्चिम दोहनीमा ट्याक्टर चिप्लिएर पोखरीमा खस्दा दुई स्थानीयको मृत्यु भएको छ।

आज सोमबार बिहान करिब ११ः३० बजे रोपाइँ गर्न ट्याक्टरमा बसेर जाँदै गरेका पश्चिम बेलहवाकी २२ वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरीको पोखरीमा चिप्लिएर खसेको ट्याक्टरले च्याप्दा मृत्यु भएको वडाध्यक्ष शिवकुमार पाण्डेयले जानकारी दिए।

राति परेको पानीले नयाँ माटो राखेर बनाइएको पोखरीको डिलको सडक हुँदै जाँदा ट्याक्टर चिप्लिएर पोखरीमा खस्न पुगेको थियो। ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। तीमध्ये अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। चालक फरार छन्। 

अचेत अवस्थामा रहेका दुवै महिलालाई सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालमा ल्याइए पनि उपचारकै क्रममा करिब १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले जानकारी दिए। ट्याक्टर पोखरीमै डुबेकाले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ।