शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

    आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम शुरू भएको छ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले टिकोटको हरिमूल कृषि तथा पशुपक्षी कृषक समूहमार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले २० जना आबद्ध समूहमार्फत १४० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएका जानकारी दिए।

    ‘समूहमा आबद्ध नभएका कृषकलाई पनि समेटेर बन्दा, काउली, काँक्रो, करेलालगायत तरकारी खेती भएको छ,’ उनले भने, ‘पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बिउ, कृषि औजार र प्रविधि सहयोग गरेका छौं ।’ गाउँपालिकाको रु ११ लाख ९९ हजार ३२२ र कृषकको रु आठ लाख ५४ हजार ८९८ गरी कुल रु २० लाख ५४ हजार २२१ को लागतमा यस वर्ष विभिन्न कार्यक्रम भएको छ। कृषकले सिँचाइ सामग्रीमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशत अनुदान पाएका छन्।

    आठ वटा प्लाष्टिक घर निर्माण, चारवटा मिनिटेलर हलो, पाँच तराजु, एक हजार लिटर क्षमताको १३ वटा सिँचाइ ड्रम, दुई हजार ४०० मिटर पाइप, २५ वटा पाँच लिटर क्षमताको हजारी, १६ लिटर क्षमताको १३ वटा स्प्रेयर, २०० वटा क्रेट, नौ वटा थोपा सिँचाइ सेट, १४० थान स्पिङ्कल, ९८ किलोग्राम लुज पाइप र १०० वटा सिड ट्रे वितरण गरिएको छ । रु एक लाख ३५ हजारको बिउ, रु एक लाखको सूक्ष्म तत्व र जैविक मल, रु एक लाखको विषादी तथा रु ३० हजार बराबरको २०० किलोग्राम पिटमस वितरण गर्नाका साथै तीन दिने तरकारी खेतीसम्बन्धी तालिम सञ्चालन भएको थियो ।

    उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारी खेती राम्रो हुने भएकाले पकेट क्षेत्र स्थापना गरिएको हरिमूल कृषि समूहका अध्यक्ष थमबहादुर पुर्जाले बताए। टिकोटका कृषकले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायतका ठाउँमा बिक्री हुने गर्छ । दुई वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा रु छ लाख बजेट प्रस्ताव गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार