शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौंमा दुईटा मोटरसाइकल र ट्रक ठोक्किँदा एकको मृत्यु

काठमाडौंमा दुईटा मोटरसाइकल र ट्रक ठोक्किँदा एकको मृत्यु

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • काठमाडौंमा दुईटा मोटरसाइकल र ट्रक ठोक्किँदा एकको मृत्यु

    काठमाडौंमा दुईटा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

    एक जना घाइते भएका छन्। गए राति काठमाडौंको ढुंगेअड्डामा दुईटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा हुम्लाका धीरेन्द्र भियालको मृत्यु भएको प्रहरीले जनाएको छ।

    वर्ष २२ का भियालको उपचारका क्रममा सहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको हो। ५० वर्षका मुक्तिनारायण श्रेष्ठ घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको छ। सहिद मेमोरियल अस्पताल कलंकीमका उनको उपचार भइरहेको प्रहरी बृत्त थानकोटले जानकारी दिएको छ।

    गए राति ८ बजेर २५ मिनेट जाँदा काठमाडौंको ढुंगेअड्डास्थित कलंकीदेखि थानकोटतर्फ जाँदै गरेको ना ६ ख ८६७४ नम्बरको ट्रक तथा बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ६३ प २०७७ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट