शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

किसानलाई चैते धान थन्क्याउने चटारो

किसानलाई चैते धान थन्क्याउने चटारो

आषाढ ८, २०८२ आइतवार
आषाढ ८, २०८२ आइतवार
  • किसानलाई चैते धान थन्क्याउने चटारो

    तनहुँका किसान चैते धानखेती भित्र्याउने चटारोमा छन्। दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य शुरू भइसकेको छ। तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ। जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ।

    व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ। भानु, व्यास, म्याग्दे, आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार जिल्लाका नौ हजार ४६४ हेक्टरमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टरमा चैते धानखेती हुँदै आएको छ।

    मनसुन शुरू भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन्। चैते धान थन्क्याउना साथ असारे धान (बर्खे धान) रोप्ने चटारो हुन्छ । मनसुन शुरू हुनासाथ बर्खे धानमात्र हुने स्थानमा अहिले रोपाइँ शुरू भइसकेको अधिकृत परियारले बताए। तनहुँ धानखेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उनको भनाइ छ।

    उक्त क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार ९४२ मेट्रिक टन धान उत्पादन भएको छ।त्यसमध्ये आठ हजार ७०४ मेट्रिक टन चैते धान उत्पादन भएको छ। चैते धान प्रवद्र्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएका अधिकृत परियारले बताए। थन्क्याउने कार्य चलिरहेकाले चालु आवको तथ्यांक आउन बाँकी रहेको छ।

    उनले भने, ‘सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।’ भानुको चुँदी, खहरे, सतीघाट फाँट, व्यासको घाँसीकुवा, साँगे, कलेस्ती, माझ, गजौडे, सिसाघाट फाँट, म्याग्देको गुणादी, थर्पु, पसले, सेरा फाँट, शुक्लागण्डकीको ढोरफिर्दी फाँट, भिमादको बुडुवा फाँटलगायत विभिन्न पालिकाका फाँटमा धानखेती हुने गरेको छ। चैते धान विशेष गरी चिउरा उत्पादनका लागि उपयोगी हुने गरेको ज्ञान केन्द्रले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट