Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

काठमाडौंको नागार्जुन नगरपालिका–३ बाफलमा राजेन्द्र उदासले सञ्चालन गरेको मेडल र स्टिकर गोदाममा बिजुली सर्ट भएर बिहान करिब ३ः२० बजे आगलागी भएको छ।

उक्त आगलागी बालाजु, जुद्ध बारुण यन्त्र, न्युरोड दमकल, सशस्त्र प्रहरी बल नम्बर १८ नीलबाराही गणबाट नीरकुमार कार्कीको कमान्डमा ३५ जना, नेपाल प्रहरी र नेपाली सेनाको डेढ घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको छ।