Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

भारतमा बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार

भारत उत्तराखण्डको काशिपुरमा बन्दी बनाइएका ३५ जना नेपाली युवाको उद्धार गरिएको छ।नयाँदिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाको सहयोगमा उनीहरुको उद्धार गरेको हो।

आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाहरूका युवाहरूलाई भारतको उत्तराखण्डको काशिपुरमा बोलाई बन्दी बनाएर कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरेको सामग्री प्रकाशन भएपछि राजदूतावासले उद्धार गरेको हो। घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको राजदूतावासले जनाएको छ।


त्यस्तै उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरूको खोजी र उद्धार कार्य जारी रहेको राजदूतावासले जनाएको छ । राजदूतावासका अनुसार उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने छ।

b(22).jpg