Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पत्रकार रजकको परिवारलाई रास्वपाको आर्थिक सहयोग

गत चैत १५ मा तीनकुने घटनामा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन लाख सहयोग गरेको छ।

आफ्नो तेस्रो स्थापना दिवसको दिन रास्वपाले मानवीय सहयोग भनेर रकम उपलब्ध गराएको हो। साथै आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरिएको छ।

चेक हस्तान्तरण गर्न रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष ब्यबस्थापन बिभागका सदस्य जगदीश खरेल स्व. पत्रकार सुरेश रजकको घर पुगेका थिए।