Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

चितवनमा बस र ईभी माइक्रो ठोक्कियो, सात जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको  देडुवामा स र ईभी माइक्रो ठोक्किदा ७ जनाको मृत्यु भएको छ । 

चितवन प्रहरीका अनुसार शनिबार बिहान धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको इभि माइक्रो ठक्किँदा दुर्घटना भएको हो ।

घाइते १८ जनाको हाल चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ  ।