शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती

आषाढ ७, २०८२ शनिवार
आषाढ ७, २०८२ शनिवार
  • बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती

    बागलुङको काठेखोला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेती गर्ने भएको छ। बढ्दो बसाइँसराइका कारण रित्तिदै गएका गाउँमा बाँदर आतंक बढ्दै गएपछि गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्य फलफूल तथा गीठा, तरुल, भ्याकुर र कन्दमूलको खेती गर्ने भएको हो।

    आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न ‘तरकारी मिनिकिट अनुदान कार्यक्रम’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए।

    गाउँपालिकाले बाँकोको सिन्की, सिस्नोको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाइ, जुस, अचारलाई व्यावसायिक गर्दै स्थानीय उत्पादनको ब्राण्डिङ र प्याकेजिङ गरी बजारीकरण गर्ने भएको छ। चिया, अलैँची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रूपमा विकास गरी कृषि पकेट पूर्वाधार कार्यक्रम सञ्चालन गरी कृषकको उत्पादनलाई सङ्कलन र बजारीकरणका कृषि उपज संकलन केन्द्रको भवन निर्माण गरी सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

    गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोदोको लोकल रक्सीलाई ब्राण्डिङ र लेवलिङ गरी बिक्री वितरण गर्ने प्रक्रिया अगाडि बढाउने अध्यक्ष थापाले बताए । पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरेर निजी क्षेत्रसँग समन्वय गरी जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गरिने अध्यक्ष थापाले जानकारी दिए।

    किसानले उत्पादन गरेका नाङ्लो, डाली र मकैको खोस्टाबाट निर्माण हुने फूलजन्य सामग्रीको बजारीकरणका लागि ‘काठेखोला कोसेली घर’ सञ्चालन अध्यक्ष थापाको भनाइ छ। सबै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध नीति तथा कार्यक्रममा समावेश गरिएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार